श्री कृष्ण प्रणामी मन्दिरमा श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा शुरु
पाेखरा | साउन २, २०७९
पोखरा: पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरका सोमबारदेखि श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम शुरु भएको छ ।
कार्यक्रम भदौ ३ गतेसम्म चल्नेछ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिने छ । कार्यक्रममा गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले सङ्गीतमय कथा प्रवचन गर्नुहुने छ ।
कार्यक्रम हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ । दैनिक करिब तीन सय सुन्दरसाथजी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ ।
मन्दिर स्थापनाकाल २०४८ सालदेखि नै वर्षेनी कार्यक्रम गर्ने गरिएको छ । यसपटक समेत गरी ३१ औ पटक कार्यक्रम गरिएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि सात लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ ।
भक्तजनबाट प्राप्त दान, भेटीबाट कार्यक्रमको खर्च व्यवस्थापन गरिनेछ । बचत भएको रकम मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि खर्च गर्ने योजना रहेको मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीले जानकारी दिनुभयो । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले कार्यक्रम उद्घाटन गर्नुभयो ।
उहाँले धार्मिक गतिविधिले मानिसलाई नैतिकवान बनाउने र गलत काम गर्न बाट रोक्ने बताउनुभयो । धर्मले सहयोगी भावना तथा आपसी माया र सद्भाव बढाउने उहाँको भनाइ थियो । मन्त्री थापाले मन्दिरलाई धार्मिकस्थलका रुपमा विकास गर्न सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले परमात्माको पहिचान नभएसम्म आत्माको उद्वार हुन नसक्ने भन्दै हरेक मानिसले आत्मा र परमात्मा बुझ्न आवश्यक रहेको बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राम मोहन आचार्यले विकासका लागि सबैको सहकार्य आवश्यक भएको बताउनुभयो । त्यस अवसरमा मन्दिरका संस्थापक शिव बहादुर कार्की, कार्यक्रम संयोजक सीता ओझालगायतले बोल्नुभएको थियो ।
मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मोहन प्रसाद ढकालले स्वागत र सचिव देवी प्रसाद खतिवडाले कार्यक्रम संचालन गर्नुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

